काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले यस्तो बताएका हुन् ।
उनले सबैले आ–आफ्नो कित्ता रोज्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले आफ्नो रङ बदल्दै गएको भन्दै सचेत हुन सुझाएका छन् ।
माछाको फोटो हाल्दै नेपाली राजनीतिज्ञहरू दास बन्दै गएको भन्दै भीडको पछाडि कुदेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनले लेखेका छन्, ‘जिउँदो माछा पानीको धार/छालविरूद्ध पौडिन्छ । मरेको माछा धार/छालसँगै बग्छ । परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छालविरूद्ध उभिन्छन्, लड्छन्स समाजलाई अग्रगामी बाटो देखाउँछन् । यथास्थितिवादी/अवसरवादी शक्ति र व्यक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रंग बदल्छन्, बग्छन्स भीडको पछि दौडन्छन् । युगीन संकट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ । विवेकको प्रयोग गरौंस आ–आफ्नो कित्ता रोजौं ।’
जिउॅदो माछा पानीको धार/छाल विरूद्ध पौडिन्छ! मरेको माछा धार/छालसंगै बग्छ! परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छाल विरूद्ध उभिन्छन्,लड्छन्; समाजलाई अग्रगामी बाटो देखाउॅछन्! यथास्थितिवादी/अवसरवादी शक्ति र व्यक्तिहरू समय वा… pic.twitter.com/L6gm9eZ444
— Baburam Bhattarai (@brb1954) June 12, 2023
Leave a Reply