Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • सुदूरपश्चिम प्रहरी प्रमुख बोहराको निर्देशन – लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध निर्मम हुनु

    सुदूरपश्चिम प्रहरी प्रमुख बोहराको निर्देशन – लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध निर्मम हुनु

    डिआईजीद्धारा जिप्रका दार्चुलाको निरीक्षण

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 711
    SHARES

    दार्चुला । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भरत बहादुर बोहराले जिल्ला प्रहरी कार्यालय दार्चुलाको निरीक्षण गरेका छन् ।

    आइतबार उनले जिल्ला प्रहरी कार्यालयका साथै जिप्रका मातहतका विभिन्न प्रहरी कार्यालयहरुकोसमेत अनुगमन तथा निरीक्षण गरेका हुन् । उनले निरिक्षणका क्रममा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिए ।



    सो अवसरमा डिआईजी बोहराले नागरीकलाई केन्द्रमा राखी प्रहरी सेवा प्रबाह गर्न र सेवाग्राहीलाई गरिने सेवा छिटो छरितो एवं चुस्त दुरुस्त रुपमा प्रवाह गर्न निर्देशन दिए ।



    यस्तै उनले सिमावर्ती ईलाकामा हुने तस्करी नियन्त्रण गर्न, फरार प्रतिवादि पक्राउ गर्न, गुण्डागर्दी नियन्त्रण र लागुऔषध कारोबारी विरुद्ध निर्मम रुपमा प्रस्तुत भई प्रभावकारी रुपमा उच्च मनोबलका साथ कार्य सम्पादन गर्न समेत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार