Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बसमा आगजनी गरेको आरोपमा पाँचजना पक्राउ

    बसमा आगजनी गरेको आरोपमा पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    मोरङ । यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    यही जेठ २५ गते मे १ ख ३०७३ नम्बरको बसको ठक्करबाट ठक्करबाट प्रदेश नं.०१–०१–०१३ प २९० नम्बरको स्कुटरमा सवार झापाको कमल गाउँपालिका २ का ३३ वर्षीय पवन सुवेदीको मृत्यु भएको थियो ।



    दुर्घटनापछि आक्रोशित समूहले बसमा आगजनी गरेका थिए । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका १ का १८ वर्षीय प्रज्वल भनिने गोकुल भण्डारी, पथरी शनिश्चरे नगरपालिका ४ सम्झना चोकका २८ वर्षीय जीवन थापा, पथरी शनिश्चरे नगरपालिका ९ गिरीटोलका २० वर्षीय मानव भनिने अनमोल राई, पथरी शनिश्चरे नगरपालिका २ नवज्योतिका २० वर्षीय आयुष रिजाल र पथरी शनिश्चरे नगरपालिका २ देवीगन्जका २० वर्षीय गोरे भनिने मोहनकुमार मगर रहेका छन् ।



    यस्तै प्रहरीले बस चालक झापा कनकाई नगरपालिका ३ का ३२ वर्षीय टंकप्रसाद सुवेदीलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार