काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का दुई भातृ संगठनबीच एकता भएको छ।
शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको हो।
आजपाका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेका अनुसार सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ ।
त्यस्तै दुई प्रभावशाली माओवादी नेता काभ्रेका हेमन्त लामा (तत्कालिन जनमुक्ति सेनाका प्लाटुनम कमाण्डर) र दोलखाका मिन घिसिङ आजपा प्रवेश गरेका छन् ।
Leave a Reply