Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सत्ता टिकाउनका लागि प्रचण्डले रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरे : नेता कोइराला

    सत्ता टिकाउनका लागि प्रचण्डले रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरे : नेता कोइराला

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 672
    SHARES

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।

    शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् ।



    राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौधरीलाई आममाफी दिने कुराले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताए ।



    त्यस्तै निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी सरकारले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि उनले आपत्ति जनाए । नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्न पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने स्पष्ट पारे ।

    अतितबाट सिक्ने सके काँग्रेस कमजोर हुने कुनै कारण नरहेको जिकिर गर्दै नेता कोइरालाले पार्टी कमजोर भएको हिन भावना लिएर नबस्न पार्टीका नेता, कार्यकर्तालाई सचेत समेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार