Online Nepal
  • बुधबार, १० पुष २०८१
  • शेखर कोइरालाले भने – कांग्रेसका सामु चुनौतीको चाङ छ, औचित्य पुष्टि गर्नुपर्ने बेला आयो

    शेखर कोइरालाले भने – कांग्रेसका सामु चुनौतीको चाङ छ, औचित्य पुष्टि गर्नुपर्ने बेला आयो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 636
    SHARES

    चितवन । नेपाली कांग्रेस नेता शेखर कोइरालाले पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्य के हुने भन्ने चासो बढिरहेको बताएका छन् ।

    चितवनमा शुक्रबारदेखि सुरु भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११ औँ महाधिवेशनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    नेता कोइरालाले मुलुकको अग्रणी राजनीतिक पार्टीको रुपमा रहेको कांग्रेसले अहिले किन र कसका लागि भनेर औचित्य पुष्टि गर्नुपर्ने अवस्था आएको बताए।



    नेता कोइरालाले भने, ‘हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनीतिक पार्टी हो । यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन । तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ । पछिल्ला दिनमा विकसित राजनीतिले हाम्रो भविष्य के हुने भन्ने चासो बढेर गएको छ । यतिबेला हाम्रासामु चुनौतीको चाङ छ ।’

    नेता कोइरालाले जनता र कांग्रेसका बीचमा दुरी बढेको बताए । नेता कोइरालाले कांग्रेसले प्रस्ट विचार र कार्यक्रमका साथ जनताको बीचमा जान नसके थप औचित्य गुमाउँदै जाने बताए ।

    नेता कोइरालाले पछिल्लो पटक तीनै तहका न्यायालयले दोषी करार गरेका दुई दर्जनले आममाफी पाएको भन्दै कानुनी शासनमा यस्तो उन्मुक्ति अभ्यासलाई कसरी बुझ्ने भन्ने प्रश्न उठिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार