Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • जुम्लामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

    जुम्लामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 831
    SHARES

    फाइल तस्विर

    जुम्ला । जुम्लाका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेका छन्।

    जुम्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्यरुपमा वडाको सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।



    विवाह गर्ने जोडीले वडा कार्यालयबाट सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । बाल विवाह रोकथामका लागि यस्तो प्रावधान गरिएको गाउँपालिकाले जनाएको छ ।



    गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको हो ।

    वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ ।

    बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार