काठमाडौं । नेपाली कांग्रेसकी नेता डा.आरजु राणा देउवाले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएको बताएकी छिन् ।
स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै आरजुले यस्तो बताएकी हुन् ।
आरजुले भनिन्,’आज हामी केन्द्रदेखि सातै प्रदेशको सरकारमा छौं । स्थानीय तहमा पनि ठूलो पार्टी भएका छौं । तर अगाडिका दिनहरु चुनौतिपूर्ण देखिदैछन् । जस्तो किसिमको एउटा लहलहैमा लागेर जनताले भोट हाल्छन् । मिडियाबाजी र सोसल मिडियाका कारण हामीले गरेका कामहरु ओझेलमा परे र गालीको भरमा राजनीति अघि बढ्न थाल्यो ।
आरजुले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थालेको गुनासो गरिन् ।
आरजुले जनता पनि लहलहैमा लागेर भोट हाल्न थालेकाले गालीको राजनीति बलियो बनेको बताइन् ।
Leave a Reply