Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना परीक्षणका लागि ६ निजी प्रयोगशालाले पाए अनुमति

    कोरोना परीक्षणका लागि ६ निजी प्रयोगशालाले पाए अनुमति

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड -१९) को पीसीआर विधिबाट जाँच गर्न काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड-१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।



    काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेश कुमार गुप्ताले बताए ।



    उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् । मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन् । यस्ताे अवस्थामा स्वीकृती पाए पनि नमूना नपाइने गुनसाे निजी प्रयोगशालाहरुकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार