एजेनसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खेरसोन सहरस्थित बाँध भत्किएको क्षेत्रको भ्रमणमा पुगेका छन् ।
मंगलबार दक्षिण युक्रेनको निप्रो नदीमा रहेको नोभा काखोभ्का नामको विशाल बाँधमा विस्फोट भएको थियो । सोही बाँध भत्किएको क्षेत्रको भ्रमणमा राष्ट्रपति जेलेन्स्की पुगेका हुन् ।
बाँध भत्किएपछि आएको बाढीमा शवहरू तैरिरहेको उनले बताए । उनले युक्रेनी उद्धारकर्तालाई रुसी सैन्य बलले गोली हानेको पनि आरोप लगाएका छन् ।
बाँध भत्किएपछि त्यहाँका हजारौं स्थानीय विस्थापित भएका छन् । बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् ।
Leave a Reply