Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च भैरहेको छ : विनोद चौधरी

    १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च भैरहेको छ : विनोद चौधरी

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 789
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटको ठूलो हिस्सा साधारण खर्चमा बढ्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको बताएका छन्।

    बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले बजेटमा गरिएको व्यवस्थाले विकास कार्य द्रुत गतिमा अघि बढ्न नसक्ने बताएका हुन् ।



    सांसद चौधरीले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्न तयार हुँदा यसले विकासको नियमित प्रक्रियालाई नै अवरुद्ध पार्ने उल्लेख गरे ।



    उनले भने, ‘आगामी बर्षकोबजेटमा चालू खर्चको अंश ६५.२० प्रतिशत र पुँजीगत बजेटको अंश १७.२५ प्रतिशत छ । अर्थात हामी १७ रुपैयाँको विकास गर्नका लागि ६५ रुपैयाँ खर्च गर्ने तयारीमा छौँ । यो भनेको सरासर देश आर्थिक विकासको द्रुत गतिमा अगाडि बढ्न सक्दैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार