Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संखुवासभा पहिरोकाे उच्च जोखिममा

    संखुवासभा पहिरोकाे उच्च जोखिममा

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3K
    SHARES

    खाँदबारी-संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

    पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। ती घर पहिरोले कुनै पनि बेला बगाउन सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको प्रहरी प्रमुख मल्लले जानकारी दिए।



    पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ। विस्थापित परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराब भएपछि जान नसकेको प्रहरी प्रमुख मल्लले बताए।



    अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। अविरल वर्षाले उद्धारका लागि सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्।

    उद्धार तथा बेपत्ताको खोजीका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ भने नेपाल प्रहरीका १५ जना र सशस्त्र प्रहरीका १५ जना घटनास्थलतर्फ लागेका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेरै घटनास्थलतर्फ हिँडेका हुन् । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार