Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • राप्रपाका सांसद सिंहले भने – कृषि अनुदान पहुँचका आधारमा वितरण भइराखेको छ, उचित जाँच होस्

    राप्रपाका सांसद सिंहले भने – कृषि अनुदान पहुँचका आधारमा वितरण भइराखेको छ, उचित जाँच होस्

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 846
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरेका छन् ।

    बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् । सांसद सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको आरोप लगाए ।



    सांसद सिंहले भने,‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेश होस् । कृषि अनुदान दुरुपयोग भइराखेको छ । प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहरुबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौं हिनामिना भएको छ । त्यसको उचित जाँच होस् । ’



    कृषि अनुदान पहुँचका आधारमा वितरण हुने गरेका कारण हिनामिना भएको उनको भनाइ छ । अनुदानमा मुछिएको पाइएको खण्डमा मन्त्री र सांसदहरुलाई समेत कारबाही गर्नुपर्ने उनको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार