Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारी वर्षाको सम्भावना

    भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । बाढी पूर्वानुमान महाशाखाले देशभरका विभिन्न साना नदीमा आकस्मित बाढी आउन सक्ने जनाएको छ ।

    महाशाखाले स्याङ्जाको आँधीखोला, बाँधखोला, नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ ।



    आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी र पहिरोको जोखिम छ

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार