Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको औपचारिक उद्घाटन

    प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको औपचारिक उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 642
    SHARES

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्।

    आइएमई समूहको लगानीमा बनेको केबलकार बिहीबार बुटवल पुगेर प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्।



    साढे ३ अर्ब लगानीमा बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।



    केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए ।

    लुम्बिनी केबलकार प्रालिका अनुसार बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार