Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रहरीमा ‘सिस्टम’ नै बिगारेर एआईजी वढुवाको चलखेल, नयाँ आईजीपीको अग्निपरिक्षा

    प्रहरीमा ‘सिस्टम’ नै बिगारेर एआईजी वढुवाको चलखेल, नयाँ आईजीपीको अग्निपरिक्षा

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 6.2K
    SHARES

    काठमाडौं। सरकारले  शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजीपी )बनाएपछि सबैतिरबाट योग्य व्यक्तिको नियुक्ति भन्दै प्रसंशा भइरहेको छ ।

    तर, क्षेत्री आईजीपी बनेसँगै एआईजीका दुई पदको  बढुवामा अस्वभाविक चलखेल हुन थालेको छ।



    बरिष्ठता र कार्यक्षमतका आधारमा निरज शाही र प्रद्युम्न कार्की एआईजी पदका स्वभाविक दाबेदार भए पनि ‘सिस्टम’ नै बिगारेर डिआईजी बनेका बिश्वराज पोखरेलले पनि एआईजी दाबी गर्दै राजनीतिक चलखेल बढाएपछि संगठनभित्र आतंक मच्चिएको प्रहरी स्रोतको दाबी छ।



    पोखरेल यसअघि पनि राजनीतिक चलखेल गरी आफ्ना व्याची र सिनियर एसएसपीहरुलाई उछिनेर डिआईजीमा बढुवा भएपछि प्रहरीको चेन अफ कमाण्डमा समस्या आएको थियो ।

    पोखरेल भन्दा सक्षम अधिकारीहरु भएपनि दुई ब्याच उछिनेर उनलाई डिआईजीमा बढुवा गरिंदा गलत नजिरको स्थापना भएको थियो ।

    गृहमन्त्री रामवहादुर थापा र गृहसचिव महेश्वर न्यौपाने कुनै पनि हालतमा जुनियर र कार्यक्षमतामा कमजोर मानिने पोखरेललाई सिस्टम नै बिगारेर एआईजी बनाउने पक्षमा नभएपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र अख्तियार प्रमुख नबिन घिमिरेमार्फत दबाब दिन लगाएर पोखरेल एआईजी बन्न चलखेल गरिरहेको स्रोतको दाबी छ।

    अनुसन्धान र क्षमतामा  पोखरेलभन्दा अन्य डिआईजी अब्बल रहे पनि उनी भने ‘रकेट शैली’मा बढुवा हुन खोजिरहेको गृहका एक अधिकारी नै वताउंछन्।

    अबकाशको मुखमा रहेका अख्तियार प्रमुख घिमिरेले त आईजीपी क्षेत्रीलाई फोनै गरेर बढुवा गर्न दबाब दिएको एक डिआईजीले वताए।  तर, आईजीपी क्षेत्री प्रहरीमा गलत नजिर स्थापना गराउने पक्षमा छैनन्न।

    सबैतिरबाट इमान्दार र कानुन बमोजिम काम गर्ने भनेर चिनिएका आईजीपी क्षेत्रीलाई एआईजी बढुवा भने अग्निपरिक्षाका रुपमा लिइएको छ।

    सर्वाेच्च अदालतका प्रधानन्यायशी चोलेन्द्रशमशेर जबरा र मुख्यसचिव लोकदर्शन रेग्मीले पनि पोखरेललाई एआईजी बनाउन लबिङ गरेको प्रहरी स्रोतको दाबी छ। त्यस्तै केही बैँकिङ माफियाहरु पनि सक्रिय छन्।

    अहिले नै एआईजी बनेर दुई बर्ष पछि कन्फर्म आईजीपी बन्ने उनको योजना रहेको छ। नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीका तीन दरबन्दी रहेकोमा आईजीपी क्षेत्रीका प्रतिस्पर्धी हरिबहादुर पाल मात्र कार्यरत छन् । एआईजी पाल र डिआईजीद्वय शाही तथा कार्की आईजीपी क्षेत्रीका व्याची हुन।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार