Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • मैले भारतसँग जमिन सट्टापट्टाको कुरा गरेकै होइन : प्रधानमन्त्री प्रचण्ड

    मैले भारतसँग जमिन सट्टापट्टाको कुरा गरेकै होइन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 744
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको क्रममा जमिन सट्टापट्टाको कुरा नगरेको बताएका छन् ।

    आज (बुधबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको मोडल अध्ययन गरेर त्यसलाई पनि विकल्पको रुपमा लिन सकिन्छ भनेको बताएका हुन् ।



    उक्त कुरा नेपालमा सीमाविदहरुले लामो समयदेखि उठाउँदै आएको पनि उनले स्पष्ट पारे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले औपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाको कुरा गरेकै छैन र गरेको होइन । खाली कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको हो, त्यो समस्या छिटोभन्दा छिटो वार्ता र संवादद्वारा हल गर्नपर्छ मात्रै भनेको हो ।’

    उनले सट्टापट्टा मोडलको आविष्कार आफूले नगरेको र सट्टापट्टाको बारेमा भारत सरकारसँग कुनै पनि औपचारिक संवाद नभएको दाबी गरे ।

    साथै प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको भन्दै सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने आश्वासन समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार