Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लठ्ठी प्रहारबाट पतिकाे मृत्यु, पत्नी पक्राउ

    लठ्ठी प्रहारबाट पतिकाे मृत्यु, पत्नी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रहरीले रुकुम(पूर्व)बाट श्रीमानको हत्या आरोपमा महिलालाई पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले श्रीमान् हत्या आरोपमा पक्राउ गरेको हो ।

    शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा श्रीमती तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा लुद्रबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।



    घटनाको खबर पाएलगतै प्रहरीले राति १० बजे नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । प्रहरीले तिलसरादेवीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार