Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आयोगद्वारा जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान

    आयोगद्वारा जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ताको प्रमाण पत्र प्रदान गरेको छ ।

    राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जसपालाई आयोगले आधिकारिक प्रमाणपत्र प्रदान गरेको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्ति जनाईएको छ ।



    ‘हामी निर्वाचन आयोगलाई धन्यवादका साथ आभार व्यक्त गर्दछौं । यस अवसरमा अग्रगामी परिर्वतनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजावदप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आवद्ध हुन आव्हान गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।



    जसपाले दल दर्ताका लागि गत वैशाख ११ गते आयोगमा निवेदन दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार