Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • चार लाख धरौटीमा छुटे छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राई

    चार लाख धरौटीमा छुटे छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राई

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 606
    SHARES

    खोटाङ । यौन दुर्व्यवहारको आरोपका पक्राउ परेका खोटाङका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् ।

    छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कृषिविज्ञ राई सोमवार पुर्पक्षका लागि चार लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।



    जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म पीडित छात्राको अन्तरिम संरक्षणका लागि फाउन्डेशनमा जान नपाउने गरी धरौटी तारेखमा रिहा गरेको हो ।



    जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवका अनुसार यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गएको वैशाख २९ गते पक्राउ परेका राई सोमवार रिहा भएका हुन् ।

    राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभद्रा मदन (शुभम० फाउन्डेशनका सञ्चालक हुन् । फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार