Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • आईजीपी कुँवर सिंगापुर प्रस्थान, राईलाई निमित्त आईजीपीको जिम्मेवारी

    आईजीपी कुँवर सिंगापुर प्रस्थान, राईलाई निमित्त आईजीपीको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर सिंगापुर प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा आयोजना हुने ‘हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी हुन आईजीपी कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गरेका छन् ।



    सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएकोमा इन्टरपोलको उक्त झण्डा प्रहरी महानिरीक्षक कुँवरबाट कन्फ्रेन्सको दौरानमा इन्टरपोलका प्रमुखलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।



    हेड अफ एनसिबी कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने छ । कन्फ्रेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ-आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्नेछन् ।

    इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फ्रेन्स यस वर्ष सन् २०२३ जुन ७ देखि ९ सम्म सिंगापुरमा सम्पन्न हुनेछ । कन्फ्रेन्समा एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत सहभागी छन् । यस्तै प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार