काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली महिला टोली म्यानमार पुगेका छन् ।
आइतबार राति त्यसतर्फ प्रस्थान गरेका नेपाली यू-२० महिला टोली सोमबार दिउँसो म्यानमारको याङगोन पुगेको हो ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले यो समूहमा घरेलु टिम म्यानमार, चीन र चाइनिज ताइपेइ छन् ।
उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोली
गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान
डिफेन्डर : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डर ; सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामासी
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान
Leave a Reply