विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ ।
सोमबार विराटनगरमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थनको विषयमा छलफल हुने माओवादी केन्द्रका एक सांसदले बताए ।
एमाले नेतृत्वको सरकारमा माओवादी पनि कोशी प्रदेश सरकारमा सहभागी छ । उसले दुईवटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।
२५ पुसमा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन बनेको थियो । त्यसपछि केन्द्र र प्रदेशमा माओवादी नेतृत्वको सरकारबाट एमाले बाहिरियो ।
जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन ।
Leave a Reply