काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र इटालीका गैर–आवासीय महामहिम राजदूत भिन्सेन्जो डि लुकाबीच भएको छ ।
उनीहरुबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानी लगायत विषयमा छलफल भएको बताईएको छ ।
सो क्रममा मन्त्री रिजालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै कायम रहेको सुखद र सौहार्दपूर्ण सम्बन्धप्रति प्रसन्नता व्यक्त गरे ।
मन्त्री रिजालले उच्च प्रतिफल प्राप्त गर्ने सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतका क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह समेत गरे ।
राजदूत लुकाले नेपाल र इटालीबीच द्विपक्षीय सम्बन्धबाट ब्यापार लगानी वृद्धि गर्न सकिने उल्लेख गर्दै इटालीमा उत्पादन भएका नयाँ प्रविधिका मेसिन नेपालमा आपूर्ति गर्न सकिने बताए ।
Leave a Reply