Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्रीलाई ‘भैसी चढेर आएको’ भनेपछि संसद्‍मा हंगामा

    प्रधानमन्त्रीलाई ‘भैसी चढेर आएको’ भनेपछि संसद्‍मा हंगामा

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 705
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा मूर्रा भैंसी ल्याउनेबारे स्पष्टीकरण दिएका छन् ।

    त्यही विषयले आजको संसद बैठकमा हंगामा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि सो शब्द संसदको रेकर्डबाट हटाउन हितराज पाण्डेको नियमापत्ति जनाए ।



    हितराज पाण्डेले नियमापत्ति जनाएपछि एमाले सांसद योगेश भट्टराईले नियमापत्ति जनाए । संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार