Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • एमालेलाई प्रधानमन्त्री प्रचण्डको प्रश्न – तपाईंहरूले सात वर्ष किन नराख्या ?

    एमालेलाई प्रधानमन्त्री प्रचण्डको प्रश्न – तपाईंहरूले सात वर्ष किन नराख्या ?

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 564
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकताको विषयलाई अनावश्यक रूपमा विवादमा ल्याउन खोजेको बताएका छन् ।

    नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा संसदमा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    अहिले प्रमाणीकरण गरेको नागरिकता विधेयक ओली सरकारले ल्याएको अध्यादेशजस्तै भएको प्रधानमन्त्री प्रचण्डले बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘जस्ताको तस्तै । जे अघिल्लो छ, त्यही पछिल्लो छ । अनावश्यक ढंगले विवादित बनाउँदा जनताले के बुझ्ने ? हामीले के बुझ्ने ? हामी सबै एकैठाउँमा रहेछौं । पहिला त १५ वर्ष हुनुपर्छ भन्थ्यो । त्यसपछि ७ वर्षमा आयो । अहिले किन यस्तो भयो भन्नुभयो । तपाईंहरूले सात वर्ष किन नराख्या ? खै १५ वर्ष ?’

    प्रधानमन्त्री प्रचण्डले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मात्र यो विधेयक आएको बताए । प्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा ल्याएको आध्यादेश र संसदले पास गरेको विधेयकसंग तुलना गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार