काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सीमा सम्बन्धि विषयलाई समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि गम्भिर रहेको बताएका छन् ।
आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी नेपाल-भारत सीमा समस्या सुल्झाउन सकारात्मक भएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने,’सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई मैले गम्भीर ढंगले आग्रह गरको छु । मो समयपछि भारतीय प्रधानमन्त्री मोदीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक विषय हो ।’
प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताएको पनि संसदलाई जानकारी गराए।
Leave a Reply