Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मिर्गौला प्रत्यारोपण प्रकरणमा ललितपुर महानगर-३ का वडाअध्यक्ष पक्राउ

    मिर्गौला प्रत्यारोपण प्रकरणमा ललितपुर महानगर-३ का वडाअध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3K
    SHARES

    ललितपुर । अवैध मिर्गौला प्रत्यारोपण प्रकरणमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार साँझ ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पक्राउ गरेको हो।

    मिर्गौला प्रत्योरोपण गर्दा झुटो नाता प्रमाण गरिदिएकोे आरोप वडाध्यक्ष महर्जनमाथि लागेको छ।



    उनीसँगै कलेज अफ मेडिकल साइन्स चितवनका डाक्टर, कानुनी सल्लाहकारसमेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार महर्जनलाई शनिबार साँझ पक्राउ गरिएको हो।



    केही समय पहिला ललितपुरका एक व्यक्तिले चितवनमा मिर्गौला प्रत्योरोपण गरेका थिए। सोही घटनामा महर्जनको संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार