Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • १६ वर्षअघि भएको गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने

    १६ वर्षअघि भएको गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 666
    SHARES

    काठमाडौं । रौतहटको गौरमा १६ वर्षअघि भएको हत्याकाण्डविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित आइतबार दर्ता भएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

    जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै पीडितका परिवार तथा आफन्तले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।



    यसका साथै रौतहट प्रहरी, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलगायतलाई पनि विपक्षी बनाइएको छ ।



    तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायत विरुद्ध कारबाहीको माग गर्दै दिएको जाहेरीमा कारबाही नभएपछि सर्वोच्चमा रिट दिइएको बताइएको छ । २०६३ चैतमा रौतहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार