Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपति पौडेल भन्छन् – विकासलाई वातावरणमैत्री बनाउन आवश्यक

    राष्ट्रपति पौडेल भन्छन् – विकासलाई वातावरणमैत्री बनाउन आवश्यक

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 687
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनु पर्ने बताएका छन् ।

    विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने हकलाई सार्थक बनाउनु पर्ने बताए ।



    ‘हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ’, सन्देशमा भनिएको छ, ‘विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार