काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । भेटमा विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सामेल थिए ।
प्रचण्ड माओवादीका सबै धारलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् ।
माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको बताइएको छ ।
Leave a Reply