Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • थुनुवामा कोरोना संक्रमण पुष्टि, प्रहरीको हिरासत सिल

    थुनुवामा कोरोना संक्रमण पुष्टि, प्रहरीको हिरासत सिल

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3.2K
    SHARES

    फाइल तस्विर

    सुर्खेत। थुनावामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। जसले गर्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको हाे।

    कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए। उनलाई आइसोलेसनमा राखिएको छ। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ।



    असार १४ गते पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो। आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको २० पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो।



    तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार