पोखरा । गण्डकी सरकारले स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्ने उद्धेश्यले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम मार्फत लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।
नीति तथा कार्यक्रमा भनिएको छ,‘आधुनिक प्रविधिको प्रयोग गर्दै घरेलु मदिराको ब्राण्डिङ र उत्पादनको आवश्यक अध्ययन गरिनेछ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजना प्रदेश मातहत ल्याउने सरकारी घोषणा छ ।
Leave a Reply