काठमाडौं । नम्रता श्रेष्ठको शीर्ष भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’ को छायांकन सुरु भएको छ ।
लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
थ्रिलर जनराको ‘ह्याट्याग माया’मार्फत राजीव गुरुङ निर्देशनमा डेब्यु गर्दैछन् । छायांकन काठमाडौं २० दिन र धरानमा ५ दिन गरिनेछ। फिल्ममा शर्मिला थापाको लगानी रहेको छ ।
राजिव गुरुङले निर्देशन गरिरहेको फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायत कलाकारको अभिनय रहनेछ।
Leave a Reply