Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेविसंघको प्रदर्शन: ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’

    नेविसंघको प्रदर्शन: ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ पदाधिकारीलगायतले आइतबार मूल्यवृद्धि खारेज गर्न बबरमहलस्थित सडकमा प्रदर्शन गरेका हुन्।

    दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले निगम घेराउ पनि गरेको हो।



    ‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै टाउकोमा कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका हुन्।



    नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार कोरोना कहरका बीच निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकोले विरोध गरिएको हो।

    निगमले असार २६ गते सूचना निकाले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार