भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आज राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाले आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा धर्ना दिन लागेको हो ।
पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंका अनुसार धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुनेछ ।
यसअघि बैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ ।
Leave a Reply