काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साको विषयमा पनि कुराकानी गरेको बताएका छन् ।
शनिबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नक्साका विषयमा कुराकानी गरेको भए पनि बहस भने नगरेको उनको भनाई छ ।
उनले भने ‘नक्साको कुरा पनि मैले राख्नुपर्ने ठाउँमा राखेँ। यति बुझ्नुहोला । उहाँहरुको भनाइ चाहिँ यो सांस्कृतिक नक्सा हो, राजनीतिक होइन भन्ने छ। त्यही विषयमा धेरै ठूलो बहस गरेर गइएन। त्यति मात्रै हो ।’
Leave a Reply