Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • गेरुबस्त्र धारणबारे प्रचण्डले भने – पत्नीका लागि महाकालेश्वर गएको होइन, म मनैले धर्मनिरपेक्षवादी हुँ

    गेरुबस्त्र धारणबारे प्रचण्डले भने – पत्नीका लागि महाकालेश्वर गएको होइन, म मनैले धर्मनिरपेक्षवादी हुँ

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र आफू नेतृत्वको टोली पत्नी सीता दाहालको स्वास्थ्य लाभका लागि भारतको तीर्थस्थल महाकालेश्वर नगएको प्रस्टिकरण दिएका छन् ।

    चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा सो प्रस्टिकरण दिएका हुन् ।



    उनले आफू सो मन्दिरमा गएकोमा पक्ष विपक्षमा टिप्पणीहरु सुनेको भन्दै आफू मनैले धर्मनिरपेक्षवादी भएको बताए ।



    ‘धर्मनिरपेक्षवादी भएको नाताले हिन्दु, मुस्लिम, बुद्धिष्ट सबैप्रति समान दृष्टिकोण राख्नुपर्छ । उज्जैन भव्य रहेछ । हामी पनि बुद्ध सर्किट बनाउँदैछौ, धार्मिक पर्यटनको प्रयास गरिरहेका छौ । यस्तो अवस्थामा म भारत भ्रमणमा गएका बेला उज्जैन गएका हौं,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार