काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले उत्साहित भएको टिप्पणी गरेका छन् ।
चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले नेपाल भारतबीचको सीमा समस्या समाधान हुने कुरा विश्वस्त रहेको बताए ।
‘नेपाल र भारतबीचको सीमा समस्याबारे हामी सबैको चिन्ताको विषय हो । यसबारे मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुरा राखेको हुँ। यदि सीमा समस्या समाधान नभए ठीक हुँदैन भनेपछि उहाँले कसरी हुन्छ समाधान गरौं भन्नुभयो,’ उनले भने।
Leave a Reply