Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डको दाबी – म जे लक्ष्य लिएर भारत गएको हुँ त्यो लगभग पूरा भयो

    प्रधानमन्त्री प्रचण्डको दाबी – म जे लक्ष्य लिएर भारत गएको हुँ त्यो लगभग पूरा भयो

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चारदिने भारत भ्रमण निक्कै फलदायी भएको दाबी गरेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतसँग भएका मुख्य ७ वटा सम्झौतालाई वाचन गरेर सुनाउँदै आफ्नो भारत भ्रमण निक्कै फलदायी भएको दाबी गरेका हुन् ।



    उनले आफूले जे लक्ष्य लिएर भारत गएको हो त्यो लगभग पूरा भएको दाबी गरे । नेपालले भारतलाई बिजुली बेच्ने, सुक्खा बन्दरगाह, सीमा समस्याको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको र संयुक्त पत्रकार सम्मेलनमा मोदीले दिएको प्रतिक्रियाबाट आफू उत्साहित भएको प्रचण्डको भनाइ छ ।



    आफ्नो भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको प्रचण्डले बताए । विमानस्थलमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, पार्टीका नेता लगायतका स्वागत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार