Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईजीपी क्षेत्रीद्वारा प्रदेश प्रहरी प्रमुखलाई थप अधिकार दिन छलफल

    आईजीपी क्षेत्रीद्वारा प्रदेश प्रहरी प्रमुखलाई थप अधिकार दिन छलफल

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरीलाई थप अधिकार दिने तयारी थालेका छन्।

    सातै प्रदेश प्रमुखसँग छलफल गरेर उनले अधिकार विकेन्द्रीकरणको तयारी थालेका हुन  । प्रहरी महानिरीक्षकमा केन्द्रित रहेको प्रहरीको कार्यसञ्चालनसम्बन्धी केही अधिकार अन्य विभाग र प्रदेश प्रहरी कार्यालयमा दिन लागिएको हो ।



    स्रोतका अनुसार  शुक्रबार सातै प्रदेशका प्रहरी प्रमुखसँगको छलफलमा आईजीपी क्षेत्रीले  इन्स्पेक्टरसम्मको सरुवा अधिकार प्रदेश प्रहरी प्रमुखलाई दिने  बताएका थिए  ।



    हाल प्रहरी प्रधान कार्यालयलाई  देशभरिका इन्स्पेक्टरको सरुवा गर्ने सक्ने अधिकार रहेकोमा  प्रदेश प्रहरी कार्यालयले नै उनीहरूलाई विभिन्न कार्यालयमा सरुवा गर्ने नीतिगत तयारी छ ।

    त्यस्तै, सुरक्षा सामग्रीबाहेक खरिदसम्बन्धी अधिकार पनि प्रदेश प्रहरी कार्यालयलाई नै दिने आईजीपी क्षेत्रीले  बताएका छन् । आईजीपी क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई थप जिम्मेवार बनाउन यस्तो निर्णय गर्न लागेका हुन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार