काठमाडौं। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।
बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।
भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा उपराष्ट्रपति जगदीप धनकडसँग भेटवार्ता गरेका थिए ।
Leave a Reply