Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन

    प्रधानमन्त्री प्रचण्डले गरे टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 906
    SHARES

    काठमाडौं। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन् ।

    राजधानी नयाँ दिल्लीमा औपचारिक कार्यक्रमहरू सकेर प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेश पुगेका थिए ।



    मध्य प्रदेशमा शनिबार प्रधानमन्त्री तथा भ्रमण दलका सदस्यहरूले इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे।



    प्रधानमन्त्रीसँग भ्रमण दलमा रहेका मन्त्री तथा व्यवसायीहरू पनि स्थलगत अवलोकनमा सहभागी थिए । प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा त्यहाँको परिसरमा वृक्षारोपण पनि गरेका छन् ।

    यसअघि प्रधानमन्त्री फोहोर व्यवस्थापन केन्द्र, टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका थिए भने प्राचीन सहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार