Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रतिबन्धित विप्लवका केन्द्रीय सदस्यसहित २ पक्राउ

    प्रतिबन्धित विप्लवका केन्द्रीय सदस्यसहित २ पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.5K
    SHARES

    बैतडी। नेत्रविक्रम चन्द विप्लवका युवा संगठनका केन्द्रीय सदस्यसहित २ कार्यकर्तालाई शनिबार बैतडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका–१० हतासका ३२ वर्षीय केन्द्रीय सदस्य श्याम भट्ट रहेका छन् ।

    यस्तै विप्लव समूहका गाउँ कमिटी सदस्य दोगडाकेदार गाउँपालिका–६ सित्तडका ३२ वर्षीय करन ऐरी (कर्णाली) लाई पनि पक्राउ गरिएको छ । भट्ट युवा संगठनका केन्द्रीय सदस्य रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए । उनलाई गाउँमै खानेपानी पाइप निर्माण गरिरहेको गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे पक्राउ गरेको हो ।



    ऐरीलाई डिलासैनी गाउँपालिका–६ कटौज भन्ने स्थानबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए । डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गर्न जाँदा भागिरहेकै अवस्थामा प्रहरीले समातेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार