Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • गेरुवस्त्र लगाएर प्रधानमन्त्री प्रचण्डले महांकालेश्वर मन्दिरमा गरे पूजा-अर्चना

    गेरुवस्त्र लगाएर प्रधानमन्त्री प्रचण्डले महांकालेश्वर मन्दिरमा गरे पूजा-अर्चना

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा-अर्चना गरेका छन्।

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका हुन् ।



    नयाँ दिल्लीबाट शुक्रबार इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे कालेश्वर मन्दिरमा पुगेर पूजाअर्चना गरेका थिए।



    महाकालेश्वर मन्दिरलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ। प्रधानमन्त्री प्रचण्ड मन्दिर पुग्दा ‘अतिविशिष्ट प्रोटोकल’का कारण ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको थियो।

    प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए।उज्वेनस्थित महाकालेश्वरलाई हिन्दूहरुले १२ मध्ये एक ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गर्छन् ।

    दौरासुरुवालमाथि गेरुवस्त्र लगाएका प्रधानमन्त्री प्रचण्डलाई विशेष पूजा अर्चना गर्न त्यहाँका पुजारीहरुले सहयोग गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार