Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अस्पतालले सम्झौता अनुसार सेवा नदिए कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

    अस्पतालले सम्झौता अनुसार सेवा नदिए कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 684
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदा गरेको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् ।

    शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो निर्देशन दिएका हुन् ।



    स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘जसले सम्झौता अनुसार सेवा दिएको छैन, कानूनी परिधिभित्र रहेर हामी कारबाही शुरु गर्छौं । मन्त्रीको सिफारिस भए पनि एउटै, सर्वसाधारणको भए पनि एउटै । सिफारिस पनि चाहिएन । खाली छ भने लाने, छैन भने लानु परेन । वेबसाइटमा राखिएको कुरा झुटा सावित भयो भने त्यो हस्पिटललाई हामी कारबाही गर्छौं ।’



    स्वास्थ्यमन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताए ।

    मन्त्री, सांसद वा नेताहले सिफारिस गर्दा बेड पाउने, नभए नपाउने अवस्थाको अन्त्य गर्ने समेत उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार