Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भारत आउने दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोगमात्रै हो : प्रधानमन्त्री प्रचण्ड

    भारत आउने दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोगमात्रै हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 747
    SHARES

    काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको दाबी गरेका छन् ।

    नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोगमात्रै भएको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो । म पहिला नै प्रमाणीकरण होस् भन्ने पक्षमा थिएँ ।’

    आफ्नो भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ ।जेष्ठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार