खोटाङ । खोटाङको दिक्तेलमा बार्दलीबाट खसेर बिहीबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डेरा गरेर बस्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङ रहेकी छन् ।
गुरुङको परिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा बस्दै आएका थिए ।
बिहीबार बेलुकी करिब ५ बजेतिर दुई तलामाथिको बार्दलीबाट खसेकी उनको स्थानीयअस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Leave a Reply