Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित ३ जनाको बयान सुरु

    भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित ३ जनाको बयान सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 741
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३ जनाको बयान सुरु भएको छ ।

    जिल्ला अदालत काठमाडौंमा खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान सुरु भएको हो ।



    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जनाले बयान दिन सुरु गरेका छन् । बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीनजनाको बयान सकिएको थियो ।



    बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँले बयान दिएका थिए । योसँगै १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ ।

    प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि थालिएको थियो । बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ । बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

    भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार