Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सडकमार्ग हुँदै प्रधानमन्त्री प्रचण्ड उज्जैन प्रस्थान

    सडकमार्ग हुँदै प्रधानमन्त्री प्रचण्ड उज्जैन प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ इन्दौरबाट सडक मार्ग हुँदै उज्जैनका लागि प्रस्थान गरेका छन् ।

    इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थलमा अवतरण गरी प्रधानमन्त्री प्रचण्ड उज्जैनका लागि हिँडेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाकालेश्वर मन्दिरमा बिहान ११ बजेदेखि विशेष पूजा गर्ने छन् । पूजापछि उनले महाकाल कोरिडोरको अवलोकन गर्नेछन् ।



    प्रधानमन्त्री प्रचण्ड १ बजे पुनः सडक मार्गबाट इन्दौर फर्किने र मध्य प्रदेशका राज्यपाल मंगूभाई पटेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार